अन्जन र कमल सम्मानित

काठमाडौै । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् ।
शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुबै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए ।
सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो । यसअघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए ।
नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । १२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए ।
यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया