कंग्रेसको भारत जोडो यात्राः गान्धी भन्छन्-घृणाको बजारमा प्रेमको पसल

काठमाडौँ । पार्टी नेता राहुल गान्धीके नेतृत्वमा कांग्रेसको ’भारत जोडो यात्रा’ दिल्ली पुगेको छ । स्वास्थ्य मन्त्रीले कोभिड प्रोटोकलहरू पालना गर्न आह्वानबीच यात्रा आज बिहानै दिल्ली प्रवेश गरेको हो ।
दिल्ली कांग्रेस प्रमुख अनिल चौधरी र पार्टी कार्यकर्ताहरूले राहुल गान्धी, अन्य पार्टी नेताहरू र पदयात्रीहरूलाई बदरपुर बोर्डरमा स्वागत गरे । गान्धीसँग हरियाणाका पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डा, कुमारी सेलजा र रणदीप सुरजेवाला पनि थिए ।
‘देशका आम मानिस अहिले प्रेमको कुरा गरिरहेका छन्। हरेक राज्यमा लाखौंको संख्यामा यात्रामा सहभागी भइसकेका छन्। मैले आरएसएस र भाजपाका मानिसहरूलाई भनेको छु कि हामी तपाईंको घृणाको ’बजार’ मा प्रेमको पसल खोल्न आएका छौं’, गान्धीले भने । विपक्षीले घृणा र आफूहरुले माया जगाएको उनले दाबी गरे ।
गान्धीले सेप्टेम्बरदेखि भारत जोडो यात्रा सुरु गरेका थिए । यात्राका क्रममा विभिन्न वर्ग, पेसा र समुदायका व्यक्ति सहभागी छन् ।
यसैबीच, सरकारले कोरोना महामारीको सम्भावित जोखिमलाई मनन गर्दै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।
तर, सरकारले कोरोनासम्बन्धी कुनै पनि नियम घोषणा नगरेका बेला कोरोनालाई कारण बनाएर राहुलको यात्रा रोक्ने कार्य उपर्युक्त नभएको कंग्रेसको भनाइ छ ।
















होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया