कोरोनाको जोखिम बढ्ने भन्दै सतर्क हुन गृहको आग्रह
मेरोन्यूज
२०७९ पुष ९ गते २०:१४
काठमाडौँ । गृह मन्त्रालयले कोभिड १९ को सङ्क्रमण नेपालमा कम भए पनि छिमेकी राष्ट्रलगायतका केही देशमा नयाँ भेरिएन्ट देखा परेको भन्दै सचेत हुन आग्रह गरेको छ ।
त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने भन्दै सजग एवं सुसूचित हुन अनुरोध गरेको हो ।
मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया