बीस दिनमा ५० हजार विदेशी श्रीलङ्का पुगे

काठमाडौँ । आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । पर्यटकको औसत आगमन दुई हजार पाँच सयभन्दा बढी रहेको तथा यो वर्षको पहिलो ११ महिनामा एक हजार ९०० को हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ ।
अघिल्लो वर्ष छ लाख ७८ हजार ३९२ जना अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए । कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको पर्यटन तथा भूमिमन्त्री हरिन फर्नान्डोले बताउनुभएको छ ।
















होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया