जाँदाजाँदै सञ्चारमन्त्रीले भने : नेपाललाई आईटी हब बनाउनु पर्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आईटी हब बनाउनु पर्ने बताएका छन् । सोमबार मन्त्रालयबाट बिदाई हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको पाँच वर्षमा आईटी हबको रुपमा विकास गर्न जरुरी रहेको दाबी गरे । उनले नेपाली युवायुवती विदेशिन बाध्य भएको भन्दै स्वदेशमै बसेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब बनाउनु पर्ने बताएका हुन् ।
‘अहिले विदेशमा हाम्रा धेरै युवायुवती जानु परेको छ, उहाँहरुले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ, हामीले युवायुवतीलाई परिवारसँग बसेर ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसतर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ, त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ, हाम्रो देश आईटी हब हुनका निमित्त सबै हिसाबले जरुरी छ ।’
उनले नेपाललाई आईटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिबद्धता जनाए । उनले आगामी पाँच वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनु पर्ने बताए ।
















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया