जाँदाजाँदै सञ्चारमन्त्रीले भने : नेपाललाई आईटी हब बनाउनु पर्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आईटी हब बनाउनु पर्ने बताएका छन् । सोमबार मन्त्रालयबाट बिदाई हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको पाँच वर्षमा आईटी हबको रुपमा विकास गर्न जरुरी रहेको दाबी गरे । उनले नेपाली युवायुवती विदेशिन बाध्य भएको भन्दै स्वदेशमै बसेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब बनाउनु पर्ने बताएका हुन् ।
‘अहिले विदेशमा हाम्रा धेरै युवायुवती जानु परेको छ, उहाँहरुले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ, हामीले युवायुवतीलाई परिवारसँग बसेर ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसतर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ, त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ, हाम्रो देश आईटी हब हुनका निमित्त सबै हिसाबले जरुरी छ ।’
उनले नेपाललाई आईटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिबद्धता जनाए । उनले आगामी पाँच वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनु पर्ने बताए ।
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया