ताइवानको आकाशमा दर्जनौँ चिनियाँ लडाकु विमान
मेरोन्यूज
२०७९ पुष ११ गते २१:०२

काठमाडौँ । बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् ।
सैन्य सामथ्र्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामथ्र्य प्रदर्शन गरेको अनुमान गरिएको छ ।
चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ । चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ ।
चीनले आइतबार र सोमबार लडाकु तथा फाइटर विमान र ड्रोन पठाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निगरानी गरिरहेको बताएको छ ।
सम्बन्धित
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया