स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष १२ गते ७:२६

म्याड्रिड। स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।
लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
बस चालकको रक्सी र लागुऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।
सम्बन्धित
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया