प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ ।
एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।
उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् ।
‘नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारलगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौँ । साथै नेपाल र नेपाली भएका विश्वभरका देशहरुमा दोश्रो पिढीका नेपालीलाई नेपाल संग जोडन भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाई लिनेमा आशावादी छौँ ।’

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया