कम्बोडियाको होटलमा भीषण आगलागी, छतबाट हाम फाल्दा नेपालीको मृत्यु

काठमाडौँ । कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल तथा क्यासिनो भीषण आगलागी हुँदा २५ जनाको शव फेला परेको छ ।
आगलागीमा ज्यान गुमाउनेहरूमध्ये नेपाली नागरिक निराकार पाण्डेसमेत रहेका छन् । । झापा घर भएका ४० वर्षीय उनी क्यासिनोको १२ औँ तल्लाबाट हाम फाल्दा मृत्यु भएको हो ।
निराकार होटलबाट हाम फाल्नुअघि आफ्ना घर परिवारसँग कुराकानी गरेका थिए । उनले नाबालक छोरासँग गरेको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ ।
अधिकारीहरूका अनुसार केही शवहरू सिँढी र कोठाहरूबाट बाहिर निकालिएका छन् । करिब २२ घण्टादेखि उद्धार कार्य जारी रहेको छ ।
स्थानीय प्रशासनका अनुसार आगो भीषण बन्न पुगेपछि होटलमा रहेका मानिसहरू छतबाट हाम फाल्न थालेका थिए । जसका कारण दुई जनाको मृत्यु भएको छ । हाम फाल्दा अन्य ५ जनाको खुट्टा भाँचिएको छ ।
पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलको क्यासिनोमा राति ११ः३० बजेदेखि आगलागी सुरू भएको थियो । यो थाइल्याण्डको सीमा क्षेत्र हो । दुर्घटना हुँदा त्यहाँ करिब चार सय मानिस उपस्थित भएको अनुमान गरिएको छ ।
दुर्घटनामा करिब ७० जना घाइते भएका छन् । आगलागीको कारण पत्ता लाग्न नसकेको समाचारमा जनाइएको छ । प्रशासन यसको अनुसन्धानमा जुटेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार होटलमा धेरै मानिस थाइल्याण्डका थिए । उद्धार टोलीले घटनास्थलमा सात सय जनाको उद्धार गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार घाइतेमध्ये केहीलाई थाइल्याण्डको साको को प्रान्तको अस्पतालमा पठाइएको छ ।
उद्धार टोलीले कोठाबाट सात जनाको शव फेला पारेको जनाएका छन् । उद्धार कार्य जारी भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया