बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी । बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे ।
कुल ९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो । उसका लागि टेकेन्द्र चन्दले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे । सन्तोष खेलका प्लेयर अफ द म्याच भए ।
यस्तै आजै भएका अन्य खेलहरुमा एनआरवाइसी बी, कालशैनी, नागार्जुन सिम ए विजयी भएका छन् । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस १९ मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।
गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया