लिबियामा १८ अज्ञात व्यक्तिका शव फेला
काठमाडौँ । लिबियाका अधिकारीले उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ वटा शव भेटिएका जनाएका छन् ।
सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरुू भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् ।
बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पुर्याइएको र उनीहरूको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो ।
सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।
पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुन सक्ने अनुमान प्रहरीले गर्ने गरेको छ ।
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया