कम्पनीले मलेसियामा २७ नेपाली कामदारलाई बन्धक बनायो, उद्धारका लागि आग्रह
काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।
म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए ।
हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरुको सामूहिक खिचिएको भिडियोमा भनिएको छ ।
‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको,’ बाबुराम बास्तोलाले भने, ‘सुरुमा पारिवारिक कारणले सहँदै र गएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर, शारीरिक र मानिस यातना दिने काम रोकिएको छैन ।’
एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन् ।
उनीहरुलाई खान बस्न र सुत्ने स्थानको समेत प्रवन्ध नभएको भिडियोमाब देखाएका छन् । आफूहरुलाई उद्धार गरेर सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।
कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गररेका छन् । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ । धुलैधुलो भुइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बाबुराम बास्तोलाले भने, ‘हामीलाई उद्धार गरिदिनुहोस् ।’















हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
35 days to HoR elections: EC to use Nepal-made election materials
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया