बिहीबार, माघ १५, २०८२

दैलेखमा टिपर दुर्घटना, चालकको मृत्यु

मेरोन्यूज २०७९ पुष १९ गते १९:२०

काठमाडौँ । दैलेखको पादुकामा टिपर दुर्घटना हुँदा टिपरचालक धनबहादुर बुढाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका ३ बस्ने चालक बुढाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो । भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिका ९ पादुकामा सडकबाट १५० मिटर तल खसेको दुल्लु प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा दुल्लु ३ का नगेन्द्र रावत र पूर्णबहादुर थापा गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया