नेपाल टी-२० लिगमा फिक्सिङबारेको हल्ला झूटो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला झुटो भएको बताएको छ ।
क्यानले बुधबार वक्तब्य जारी गदै म्याच फिक्सिङबारे अल्ला मात्रै भएको प्रष्टिकरण दिएको हो । नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गदै क्यानले म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि आग्रह गरेको छ ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा मिथ्या र भ्रामक सूचना नफैलाउन पनि आग्रह गरिएको छ ।
९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्र्याटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केहि खेलमा देखिएका अस्वभाविक नतिजाका आधारमा धेरैले यो प्रतियोगितामा स्पट फिक्सिङ भएको हुनसक्ने आशंका गरेका छन् ।
प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले यही आरोप लगाउँदै आफ्नो जिम्मेवारी छाडेका छन् ।
हेर्नुहोस क्यानको वक्तब्य :

















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया