अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा

खोटाङ । खोटाङको दिक्तेलमा जारी सर्वाधिक राशीको अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा भएको छ । २०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा पुस १७ गतेदेखि जारी गोल्डकपले बुधबार क्वाटर फाइनल पार गरेको हो ।
बुधबार भएको क्वाटर फाइनल खेलमा खोटाङको नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब ९डिएफसी० सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा र चियावारी फुटवल क्लव इलाम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
माटिकोरे खेलमैदानमा जारी क्वाटर फाइनल खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक ९डिएफसी०ले सेमिफाईनलको यात्रा तय गरेको हो । यस्तै, साकेला गाउँपालिका ९खोटाङ०लाई ४–० गोल अन्तरले हराउँदै नेर्पा स्पोर्टस क्लवले सेमिफाइनल यात्रा तय गरेको आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल बिहिबार दिउँसो १ बजे चियावारी फुटवल क्लव र नेर्पा स्पोर्टस क्लवबीच हुनेछ ।
दोश्रो खेल आयोजक ९डिएफसी० र मानेभन्ञ्याङ स्पोर्टस क्लवबीच हुने छ । माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी९केएफए०को सह–आयोजनामा जारी प्रतियोगीताको फाइनल खेल पुस २३ गते हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार र दुई सेमिफाइनलिष्ट टिमले २५र२५ हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाण–पत्र पाउनेछन् । मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको थियो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।
अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया