झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७९ पुष २० गते २१:५९

दमक । कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।
विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया