बिहीबार, माघ १५, २०८२

स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ पुष २१ गते १५:४६

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका ८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र दुई हजार ७८० नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अली रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले डीएल १० एस डब्लु ९१०५
नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा लगिएको छ ।

प्रतिक्रिया