गृह मन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर रिट खारेज गर्न माग

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको नागरिक विवादसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँले गृह मन्त्री लामिछाने सांसद हुन अयोग्यविरुद्धको रिट खारेज गर्न माग गरेको हो ।
सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीन वटै निकायले लामिछानेविरुद्धको रिट खारेज गर्न माग गर्दै दबाब दिएको हो । युवराज पौडेल र रविराज बासुलाले दायर गरेको रिटमा लामिछाने उम्मेद्वार नै बन्न अयोग्य भन्दै रिट दायर भएको थियो ।
लामिछानेले अमेरिकी नागरिकता पाएपछि नेपालको नागरिकता स्वतः खारेज भएको र नेपाल फर्केपछि उनले पुरानै नागरिकता प्रयोग गरी दल दर्ता गर्दै प्रतिनिधिसभामा उम्मेद्वार बनेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
संविधान र निर्वाचनसम्बन्धी कानुनले नेपाली नागरिकलाई मात्रै दल खोल्ने, मतदान गर्ने तथा उम्मेद्वार बन्न व्यवस्था गरेको छ । तर, गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा लामिछाने चितवन २ बाट निर्वाचित भई गत पुस ११ गते गृह मन्त्रीको सपथ लिएका थिए ।
संविधानमा उम्मेदवारको मनोनयन दर्ता भए पनि निर्वाचन परिणाम घोषणा नहुँदा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा प्रश्न उठे त्यसको निर्णय निर्वाचन आयोगले गर्ने उल्लेख छ । लामिछानेको योग्यता सम्बन्धमा मतदान हुनुअघि आयोगमा उजुरी परेको थियो ।
तर, स्पष्टीकरणका लागि एक साताको समय पाएका लामिछानेले मतदानपछि मंसिर ६ मा मात्रै स्पष्टीकरण पेश गरेका थिए । जसलाई चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ८ मा निर्वाचन आयोगमा पठाएको थियो ।
मंसिर ९ मा चितवन २ को मत परिणाम सार्वजनिक हुँदा लामिछाने भारी मतान्तरले विजयी भएका थिए । त्यसपछि आयोग मौन बस्दै आएको थियो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया