दादुरा फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे सरकार

काठमाडौँ । बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूले स्थानीय सरकारलाई गुहारेका छन् ।
नेपालगञ्ज उपमहानगरमा दादुरा रोग प्रकोपको रूपमा फैलिए पनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरूको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।
स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुुुटाउन स्थानीय सरकारलाई पत्राचारसमेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको मृत्यु भएको छ । अहिलेसम्म ३० जनाभन्दा बढी यस रोगका बिरामी पत्ता लागेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले एक सातादेखि दादुरा फैलिन थालेको जनाएको छ । यसको संक्रमणले प्रकोपको रूप लिएपछि उपचार तथा नियन्त्रणका लागि प्रयास थालेको कार्यालयले जनाएको छ ।
नेपालगञ्ज ५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्यकर्मीले फेला पारेका थिए । अभिभावकले दादुराका बिरामी बालबालिकालाई लुकाएकाले उपचार तथा रोगको निदानमा ढिलाई भएको कार्यालयले जनाएको छ ।
उपमहानरका विभिन्न क्षेत्रमा संक्रमण फैलिएकाले जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगञ्ज ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ नम्बर वडामा बिरामी पत्ता लागेका छन् ।
‘संक्रमित सबैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भनिन्, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदै एक जना बालकको मृत्यु भएको हो, अब अरू बिरामीको खोजी गर्दै दादुराविरुद्धको खोप लगाउने तयारीमा छौँ ।’
दादुराविरुद्धको ४५ सय डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउने थाल्ने उनले बताइन् । स्वास्थ्य कार्यालयले गत शनिबार पाँच जना बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौँ पठाएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै चार जना एकै घरका थिए ।
सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । यहाँ ९ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुराको प्रकोप देखिएको छ ।
















देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया