विराटनगर काठमाडौंलाई हराउँदै नेपाल टी-२० को प्लेअफमा

काठमाडौं । नेपाल टी-२० को लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स प्लेअफ प्रवेश गरेको छ । यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य पेस गरेको थियो । विराटनगरले १८.४ ओभरमा तीन विकेट मात्रै गुमाउँदै १६० रन बनाएर जित हात पार्यो ।
विराटनगरको जितका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भएका थिए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा क्याच आउट भए । हुसेन तलात १२ बलमा २१ रन बनाउँदै अबिनास बोहोराको बलमा बोल्ड भए ।
त्यस्तै ओपनर गौरान्सु शर्माले ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । पाँचौं ब्याटर विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।
काठमाडौंका लागि अबिनास बोहोराले २ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४र३४ रन बनाए । यो नै काठमाडौंका लागि सर्वाधिक रन भयो ।
सन्दीप रजालीले २४ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए । ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे । त्यस्तै वसिर अहमदले ८ बलमा एक चौका र एक छक्काको मद्धतमा १७ रनमा अविजित रहे ।
लोकेश बम राज ननन्को बलमा शून्यमै क्याच आउट भए । त्यस्तै ननन्ले कमलसिंह ऐरीलाई १६।६ ओभरमा डगआउट गराए ।
विराटनगरका लागि राज ननन्ले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एकरएक विकेट लिए ।
काठमाडौं भने आजै हुने दोस्रो खेलमा पोखरा फारवेष्टसँग पराजित भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
आज दोस्रो खेल फारवेष्ट युनाइटेड र पोखरा एभेन्जर्सबीच हुनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया