१५ चरणको चुनावपछि केभिन मेकार्थी चुनिए अमेरिकी संसदको सभामुख

काठमाडौं । १५ चरणको चुनावपछि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले सभामुख पाएको छ। रिपब्लिकन पार्टीका केभिन मेकार्थी सभामुख चुनिएका छन् ।
सभामा रिपब्लिकन पार्टीको बहुमत हुँदाहुँदै पनि उनलाई निर्वाचित हुन ठूलो संघर्ष गर्नुपर्यो। आफ्नै पार्टीका सांसदहरुले मत नदिँदा चार दिनसम्म पटकपटक उनको प्रयास असफल भएको थियो।
चौधौँ चरणको निर्वाचनपछि मेकार्थीका समर्थक सांसद र विपक्षी सांसदहरुबीच झण्डै कुटाकुट भएको थियो। शुक्रबार मेकार्थीलाई मत नदिने अडान राखेका ६ जनाले आफ्नो अडान छाडेपछि उनको जित सम्भव भएको हो।
अमेरिकी तल्लो सदनमा सभामुखले सदनको एजेन्डा तय गर्नुका साथै व्यवस्थापिकाको कामकारबाहीको नेतृत्व गर्ने गर्छन्।
त्यस्तै, उपराष्ट्रपतिपछि राष्ट्रपतिको रोलक्रममा सभामुख दोस्रो स्थानमा हुने गर्छन्।
यसअघि अमेरिकी संसदमा यस्तो गतिरोध गृहयुद्धअघि १८६० मा देखिएको थियो । जुनबेला ४४ चरणको मतदानपछि सभामुख चयन भएका थिए।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया