आक्रमणका बीच युक्रेनमा युद्धविरामको पालना गरेको रूसी दाबी

काठमाडौँ । मस्कोले किभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्ध विरामको पालना गरिरहेको शनिबार जनाएको छ ।
अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन् । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनको सशस्त्र बलले बस्ती र रूसी स्थानहरूमा गोलाबारी गरे तापनि घोषित युद्धविरामको कार्यान्वयन जारी रहने छ ।”
पछिल्लो २४ घण्टामा रूसी सेनाले पूर्वी युक्रेनमा युक्रेनी सेनाले गरेको आक्रमणलाई प्रतिकार गर्नुका साथै दर्जनौँ सैनिकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
एएफपीका पत्रकारहरूले शनिबार बिहानको अधिकांश समय भीषण गोलाबारीको आवाज सुनेका बताएका छन् ।
शनिबार युक्रेनको सशस्त्र बलका जनरल स्टाफले रूसले पछिल्लो २४ घण्टामा एउटा क्षेप्यास्त्र प्रहार गरेको र विभिन्न रकेट लञ्चरबाट २० राउण्ड तोप प्रहार गरेको बताएका थिए ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी रूपमा अर्थोडक्स क्रिसमसका लागि ३६ घण्टाका लागि आक्रमण रोक्न आफ्ना सेनालाई आदेश दिएको थियो ।
युक्रेनले शनिबार (स्थानीय समयानुसार २१ः०० बजे) को अन्त्यसम्म जारी रहने भनिएको रोकलाई रूसले आफ्नो सेनालाई पुनः संगठित गर्न र युद्धभूमिमा आएको शृंखलाबद्ध असफलतापछि आफ्नो प्रतिरक्षालाई बलियो बनाउन समय प्राप्त गर्ने रणनीतिको रूपमा खारेज गरेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया