जनप्रतिनिधिको सयोगमा १५ वर्षीय नाबालिकाको विवाह रद्ध

काठमाडौँ । कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका ४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् ।
यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानुनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिए ।
‘स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ,’ उनले भने, ‘किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानुनी रुपमा विवाह गर्न अझै पाँच वर्ष बाँकी छ ।’
बालबालिका हुँदासम्म विवाह नगराउने सर्तमा उनीहरूलाई छोडिएको बताउँदै अध्यक्ष दिनेशले भने, ‘पाँच वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने सर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौँ ।’
बालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले निरन्तर प्रयास गर्दा पाँच वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने गरेकामा हाल २३ प्रतिशतमा झरेको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले भने, ‘जिल्लामा अझै लुकीछिपी बालविवाह हुने गरेको छ ।’
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया