बिहीबार, माघ १५, २०८२

कक्षामा सधैँ प्रथम भएको झोकमा साथीको अपहरण

मेरोन्यूज २०७९ पुष २४ गते २०:२१

काठमाडौँ । पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसमा अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया