तेश्रोपटक नाम लेखाउन प्रधानमन्त्री भएको हैन : प्रचण्ड (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत माग्दै सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्रीको फोटो झुण्ड्याउन मात्रै पदमा नबसेको बताए । उनले आफू काम गर्न प्रधानमन्त्री भएको बताउँदै आफूलाई विश्वासको मत दिन आग्रह गरे ।
‘तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन मात्र म यहाँ उभिएको छैन,’ उनले भने, ‘म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु, मलाई विश्वासको मत दिएकोमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु ।’
यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक क्रान्तिको साझा संकल्पबाट समृद्ध न्यायपूर्ण राष्ट्र निर्माण गर्नु पर्ने बताए । ‘हीनभावनाको ठाउँमा आशा र आत्मविश्वास जगाउनु छ, आर्थिक क्रान्तिको साझा संकल्पबाट समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ,’ उनले भने, ‘इतिहास आजैबाट सुरु हुन्छ म भन्दिनँ, आजसम्मका उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले आफूले क्रान्ति सुरु गर्दाको आवेग भएसँगै सोहीअनुसार तेस्रोपटक प्रधानमन्त्री सोही आवेग र अठोटका साथ उभिएको बताए ।

















तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया