तेश्रोपटक नाम लेखाउन प्रधानमन्त्री भएको हैन : प्रचण्ड (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत माग्दै सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्रीको फोटो झुण्ड्याउन मात्रै पदमा नबसेको बताए । उनले आफू काम गर्न प्रधानमन्त्री भएको बताउँदै आफूलाई विश्वासको मत दिन आग्रह गरे ।
‘तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन मात्र म यहाँ उभिएको छैन,’ उनले भने, ‘म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु, मलाई विश्वासको मत दिएकोमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु ।’
यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक क्रान्तिको साझा संकल्पबाट समृद्ध न्यायपूर्ण राष्ट्र निर्माण गर्नु पर्ने बताए । ‘हीनभावनाको ठाउँमा आशा र आत्मविश्वास जगाउनु छ, आर्थिक क्रान्तिको साझा संकल्पबाट समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ,’ उनले भने, ‘इतिहास आजैबाट सुरु हुन्छ म भन्दिनँ, आजसम्मका उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले आफूले क्रान्ति सुरु गर्दाको आवेग भएसँगै सोहीअनुसार तेस्रोपटक प्रधानमन्त्री सोही आवेग र अठोटका साथ उभिएको बताए ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया