आइतबार, चैत ८, २०८२

सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने

मेरोन्यूज २०७९ पुष २६ गते १८:२२

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सय रुपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका हुन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया