जापानीज भाषा पुस्तक छापेर बिक्री गर्ने एक पक्राउ, केही फरार
काठमाडौँ । काठमाडौँ प्रहरी परिसर टेकुले अरु प्रकाशनका पुस्तकहरू चोरी गरेर छाप्दै बिक्री वितरण गरेको आरोपमा एक जना व्यवसायीलाई पक्राउ गरेको छ ।
शनिबार साँझ अपराध महासाँखा टेकु परिसरले काठमाडौँको कालिकास्थानमा ल्ल्याङवेज इन्ष्टिच्युट चलाउँदै आएका एक व्यवसायीलाई पक्राउ गरेको हो । कालिकास्थानमा काठमाडौँ जापानिज ल्याङवेज इन्ष्टिच्युसन कालिकास्थानका सञ्चालक निर्मणीलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले लामो समयदेखि जापानी भाषाका पुस्तकहरु गैरकानूनी रुपमा छपाई गरेर बिक्री वितरण गर्दै आएको बताइएको छ । जापानी भाषाको मिन्ना नो निहोङगो नामको भाषा पुस्तकका आधिकारिक बिक्रेताले काठमाडौं प्रहरीमा दायर गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको जनाएको छ ।
शनिबार पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको र काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई एकवर्षदेखि खोजि गरिरहेको तर फरार रहँदै आएकोमा शनिवार पक्राउ परेको जनाएको छ ।
स्रोतका अनुसार उनी कहिले जापान त कहिले नेपाल आउजाउ गर्दै भागिरहेका थिए । प्रतिलिपी अधिकार उल्लंघन कानुन अनुसार श्रेष्ठले कसुर गरेको पुष्टि भएमा बिगो जरिवानासहित उनलाई केही महिना जेल सजाय हुन सक्छ ।
श्रेष्ठले जापानी भाषाको मिन्ना नो निहोङगो नामको सबैभन्दा बढी विक्री हुने पुस्तक अनुमति नै नलिई छापेर बिक्री गर्दै आएको खुलेको छ । उनी लगायत नेपालमा धेरैले अनुमति नलिई यस्ता पुस्तकहरु प्रकाशन गर्ने गरेका छन् ।
यसैक्रममा जापानी भाषाको पुस्तक मिन्ना नो निहोङगोको नेपालमा एकमात्र आधिकारिक प्रकाशक एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्यूसनले प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा श्रेष्ठसहित केही अन्य प्रकाशकविरुद्ध एकवर्षअघि नै जिल्ला प्रहरी कार्यालय टेकुमा मुद्दा दायर गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठसहित अरु केही कन्सल्टेन्सी र प्रकाशक संस्थाहरुले यस्ता धेरै पुस्तकहरु गैरकानुनी रुपमा प्रकाशन गर्दै आएको भेटिएको जनाएको छ । यसरी बजारमा बढी बिक्री हुने पुस्तकहरुलाई विना अनुमति लुकिछिपी छापेर बिक्री वितरण गर्नेहरु धेरै रहेको प्रहरीले जनाएको छ । साथै अपराध अनुसन्धान महाशाखाले यस्ता कार्य नगर्न नगराउन सचेत गराएको छ ।
एमआर पब्लिकेशनका सञ्चालक मेघराज शाहीले आफ्नो कम्पनीले जापानको थ्री ए कर्पोरेशनबाट नेपालका लागि प्रतिलिपि अधिकार किनेर ल्याएको बताएका छन् । आफूहरुले नेपाल र भारतका लागि आधिकारिक प्रतिलिपि अधिकार महंगोमा खरिद गरेर ल्याएको तर नेपालमा उक्त पुस्तक महंगोमा बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको शाहीले बताए ।
एमआर पब्लिकेशनले २०७६ फागुनमा ५० हजार पुस्तक प्रकाशनमा ल्याएको थियो। शाहीले उक्त पुस्तक बजारमा कन्सल्टेन्सी, पब्लिकेशन, पुस्तक पसल र छापाखानाहरुले प्रतिलिपि अधिकार विपरित गैरकानूनी रुपमा आफूखुशी प्रकाशन गरी बिक्री वितरण गरिरहेको बताए ।
उनले अझै धेरै मान्छेहरु यस्तो कार्यमा सम्लग्न रहेको आफूहरुसँग प्रमाणसहित सूचना आएको र त्यो सबै प्रमाणहरु प्रहरीलाई बुझाइएको जानकारी दिए । साथै उनले प्रहरीले त्यसमाथि गहिरो अनुसन्धान गरिरहेको पनि जानकारी दिए ।
शाहीले बजारमा रहेका नक्कली जापानिज भाषाको (मिन्ना नो निहोङगो) पुस्तक नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गर्दे विद्यार्थीहरुलाई पनि नक्कली किताबहरु खरिद नगर्न आग्रह गरेका छन् ।
शाहीले भने, ‘राज्यलाई छलेर, कर छलि गरेर केही व्यक्तिहरुले उक्त किताब प्रकाशन गरेर विक्री गरेको पाइएको छ। अझैं पनि केही व्यक्तिहरुले त्यो पुस्तक विक्रि गर्ने र विद्यार्थीलाई प्रदान गर्ने गरेको पाइन्छ । बजारमा छापा हान्ने र त्यस्ता व्यक्तिलाई कानूनअनुसार कडा कारबाही गर्ने प्रक्रियालाई निरन्तर जारी राख्ने छौं। यसमा नेपाल प्रहरीले साथ दिइरहेको छ। विद्यार्थी र जापानीज कन्सल्टेन्सीहरुले पनि साथ दिन अनुरोध गर्दछु।’
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया