अवैध १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । धनुषामा स्रोत नखुलेको अवैध १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका २ स्थित इलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई जाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट एक हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया