शुक्रबार, माघ १६, २०८२

इन्द्रेणी कम्प्लेक्समा बम राख्ने खत्री ११ वर्षपछि पक्राउ

मेरोन्यूज २०७९ पुष २६ गते २१:३१

काठमाडौँ । करिब ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने ललितपुर चापागाउँ निवासी महेश खत्री पक्राउ परेका छन् । 

खत्रीले ०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाइ छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए । 

पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो ।

तर, इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा ०६८ वैशाख १३ गते बम राखेको थियो । 

प्रतिक्रिया