खिचरा महोत्सव बिहीबारदेखि

चितवन । पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो । यही पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ । बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए ।
महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको संयोजक चौधरीले जानकारी दिए । महोत्सवबाट थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताएका छन् ।
उनका अनुसार महोत्सव स्थलमा घोँगी र पोका (चिचर)को मूर्तिसमेत राखिनेछ । त्यसबाहेक ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक कक्ष हुने उनले जानकारी दिए । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ ।
महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । यसको सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकको भनाइ छ ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया