मंगलबार, वैशाख २२, २०८३

अमेरिकाभरका ५४ सय उडान प्रभावित

मेरोन्यूज २०७९ पुष २८ गते ९:२९

न्युयोर्क । एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए । नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् ।

Advertisement
NiccNicc

नोटामले उडान टोलीलाई खतरा, विमानस्थल सुविधाहरूमा परिवर्तन र अन्य आवश्यक जानकारी प्रदान गर्दछ ।
देशभरि सामान्य हवाई यातायात सञ्चालन बिस्तारै सुचारु भएको अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले जनाएको छ ।

‘सामान्य हवाई ट्राफिक अपरेसनहरू बिस्तारै अमेरिकाभरि सुचारु हुँदैछन्’, एफएएले ट्विटरमा भन्यो, ‘ग्राउन्ड स्टप हटाइएको छ। हामी प्रारम्भिक समस्याको कारण खोज्न जारी राख्छौं ।’
 

प्रतिक्रिया