बिहीबार, माघ १५, २०८२

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ पुष २८ गते १३:५४

काठमाडौँ । मोरङको विराटनगर महानगर ७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् ।

अवैश नगद सात लाख नौ हजार रुपैयाँ तथा विभिन्न बैंकको एटिएम कार्ड १४ थानसहित एक जना पक्राउ परेका हुन् । उनको साथबाट विभिन्न बैंकको चेक नौ थानसमेत बरामद भएको छ ।

को. २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार सोही महानगर १८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया