विश्व इतिहासमा आजः एल सालभाडोरको विनाशकारी भूकम्पदेखि ट्रम्पमाथि महाअभियोग

आज १३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
एल सालभाडोरको विनाशकारी भूकम्प
सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक हजार जनाको मृत्यु हुनुका साथै ३१५ जना घाईते भएका थिए । ठीक एक महिनापछि अर्को शक्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृत्यु भएको थियो ।
माइक्रोसफ्टको स्थापना
आज नै अमेरिकाका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए । पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए ।
इटालीको विनाशकारी भूकम्प
आज नै अर्थात सन् १९१५ मा इटालीमा शक्तिशाली भ्रकम्प गएको थियो । इटालीको इतिहासमै सवैभन्दा विनाशकारी मानिएको सो भूकम्पमा परेर कम्तीमा ३० हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो ।
ट्रम्पमाथि महाअभियोग
सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग पराजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोलमा हुलदंगा मच्चाएका थिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया