पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला

उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ ।
स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् । पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् । सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।
डा। मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया