श्रीलंकाविरुद्ध भारतलाई शृंखला

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।
बिहीबार राति भारतले कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । यस जितसँगै भारतले तीन खेलको श्रृंखलामा २–०को अग्रता लिएको हो । पहिलो खेलमा भारत ६७ रनले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
श्रीलंकाले प्रस्तुत गरेको दुई सय १६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि केएल राहुलले अविजित सर्वाधिक ६४ रन जोडे । यसैगरी हार्दिक पाण्ड्यले ३६, श्रेयश अय्यरले २८, शुभमन गिल र अक्षर पटेलले समान २१, कप्तान रोहित शर्माले १७ र कुलदीप यादवले अविजित १० रन बनाए । पाँचौ विकेटका लागि राहुल र हार्दिकले ७५ रनको साझेदारी गरेका थिए ।
श्रीलंकाका लागि लाहिरु कुमारा र चमिका करुणारत्नेले समान दुई तथा कसुन रजिथा र धनन्जय डि सिल्भाले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका ३९.४ ओभरमा दुई सय १५ रनमा समेटिएको थियो । श्रीलंकका लागि नुवानिन्दु फर्नान्डोले सर्वाधिक ५० रन जोडे । यसैगरी कुशल मेन्डिसले ३४, दुनिथ वेलेगाले ३२, वानिन्दु हसरंगाले २१, अभिस्का फर्नान्डोले २०, चमिका करुणारत्ने र कासुन रजिथाले समान १७ तथा चरिथ अस्लंकाले १५ रन जोडे ।
दोस्रो विकेटका लागि नुवानिन्दु र कुशलले ७३ रनको साझेदारी गरेका थिए । भारतका लागि मोहम्मद सिराज र कुलदीप यादवले समान तीन,उम्रन मलिकले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया