शुक्रबार, माघ १६, २०८२

खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

मेरोन्यूज २०७९ पुष ३० गते १४:२६

डडेलधुरा । जिल्लामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ ।

आलिताल गाउँपालिका ८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घर परिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो ।

प्रहरी निरीक्षक नायकका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया