शुक्रबार, माघ १६, २०८२

अवैध साढे १० लाख रुपैयाँसहित चार जना पक्राउ

मेरोन्यूज २०७९ पुष ३० गते १७:४०

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका १२ लक्ष्मी चोकबाट स्रोत नखुलेको अवैध १० लाख ४५ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, सोही नगरपालिका २ बस्ने २७ वर्षीय सनम बस्नेत, सोही नगरपालिका ८ बस्ने ३६ वर्षीय शिव चापागाई र ४८ वर्षीय कृष्ण दहाल रहेका छन् ।

प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १७९४ नम्बरको कारलाई जाँच गर्ने क्रममा रकम फेला परेको हो ।

प्रतिक्रिया