भन्सार छलीको ४१ थान मोबाइलसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ पुष ३० गते १७:४७
काठमाडौँ । भन्सार छली गरी लुकाएर ल्याएको अन्दाजी दुई लाख ८७ हजार रूपैयाँ बराबरको मोबाइल फोनसहित दुई जना पक्राउ परेका छन् ।
४१ मोबाइल थानसहित भारत घर भएका ३७ वर्षीय दिलिप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
सुमोमा सवार उनीहरूलाई उक्त मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया