ल्होछारमा ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता हुने

काभ्रे । काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसर पारेर ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता गर्ने भएको छ । २८५९औँ ह्योई ल्हो (बिरालो वर्ग) का अवसरमा यही माघ ७, ८ र ९ गते खानीखोला गाउँपालिका–५ तालढुङ्गामा तीन दिन बृहत् ल्होछार कार्यक्रमसहित प्रतियोगिता गर्न लागिएको सोनाम ल्होछार मूल आयोजक समिति खानीखोलाले जनाएको छ ।
तामाङको उत्पत्ति, विवाह तथा छेवार संस्कृति र ताम्बाको भूमिका विषयक डम्फु गीत प्रतियोगिता गर्न लागेको गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए । “तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा तामाङ समुदायको संस्कृति, परम्परा र रीतिरिवाज झल्किने खालको कार्यक्रम गर्न समूहगत प्रस्तुतिका लागि आह्वान गरेका छौँ”, उनले भने, “समुदायको सबै जाति, भाषा, धर्म, संस्कार र संकृतिको जगेर्ना गर्नु राज्यको दायित्व भएकाले यो वर्ष तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसर पारेर बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछौँ ।”
डम्फु प्रतियोगितामा एक वडाबाट एक समूहको सहभागिता अनिवार्य रहनेगरी माघ ५ गतेभित्रमा समूह दर्ता गर्नुपर्ने र कविता प्रतियोगिताको लागि ६ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने समितिले जनाएको छ । प्रतियोगितामा भाग लिने समूहले आधा घण्टादेखि ४५ मिनेटसम्म तामाङ भाषा, धर्म, विवाह, छेवारलगायतका संस्कार संस्कृतिको विषयमा आफ्नो प्रस्तुति दिनुपर्नेछ ।
त्यस्तै तामाङ भाषाको कविता प्रतियागिताका लागि विद्यालयस्तरका विद्यार्थीहरु र खुल्ला रुपमा गरी ५ गतेभित्रमा नाम दर्ता गरिसक्नुपर्ने छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मात्रै नभई आपसमा भएका कलाको प्रस्फुटनसमेत हुने भएकाले गीतमार्फत आफ्नो कला प्रस्तुत गर्ने माध्यम बन्ने उनले बताए । यसैबीच खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ यही माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा हुने भएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार पहिलो दिन माघ ७ गते लामा खेन्पोबाट पूजा, दोस्रो दिन तामाङ भाषाको व्हाइखा (कविता) र ताम्बा÷डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउन लागिएको हो । (









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया