पोखरा दुर्घटनामा भेटिएको ‘ब्ल्याक बक्स’मा के हुन्छ?

काठमाठौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर फेला परेको जानकारी दिए ।
उनका अनुसार ब्ल्याक बक्सभित्र भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर हुन्छ । उनका अनुसार अहिले दुवैै भेटिएको र छानबिन समितिलाई हस्तान्तरण गरिने छ ।
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्ने छ । विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्थालगायत विवरणहरूको अभिलेख रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले बताए ।
उनका अनुसार भ्वाइस रेकर्डरमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्ट रेकर्ड हुन्छ । जसबाट पाइलटले के भने, के सुने, केही खराबी थियो भने को–पाइलटलाई , टावरलाई यात्रुलाई जानकारी दिए वा दिएनन् आदि हुन्छ ।
आइतवार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजे पोखरा विमानस्थलबाट २ किलोमिटरनजिकक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो। चालक दलका सदस्यसमेत ७२ जना सवार यती एयरलाइन्सको जहाज अवतरणका क्रममा आइतबार पोखरामा दुर्घटनामा परेको थियो। दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाँकी ४ जनाको खोजी भइरहेको बताइएको छ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया