नाइजेरियामा भएको सवारी दुर्घटनामा सोह्रको मृत्यु
काठमाडौँ । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् ।
यात्रुहरू रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ । सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।
उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो । यहाँको सडकको अवस्था, सवारी चालकहरूको लापरबाही र अन्य कारणले यहाँ सडक दुर्घटना प्राय हुने गर्दछ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया