‘के थ्री’ ब्याट्री क्षमता बढाएर टाटा नेक्सन नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सनको नयाँ के–थ्री मोडल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ।
नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिल, र मोर्डन ड्यासबोर्ड रहेको छ। यसमा ३६० डिग्री क्यामरा सुविधा पनि समावेश गरिएको छ।
नेक्सन के–थ्रीमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो मोडललाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिनेछ। कम्पनीले यसमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिएको छ।
नेक्सन के–थ्री ईभीले भारत एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। सुरक्षाका दृष्टिकोणले यो मोडल उत्कृष्ट मानिएको छ। साथै, १९० एमएम ग्राउन्ड क्लियरेन्स र ३५० लिटरको बुट स्पेस यसले प्रयोगकर्ताको आवश्यकता पूरा गर्नेछ।
कम्पनीका अनुसार नेक्सन के–थ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। आजैबाट यसको बुकिङ खुला भएको छ।
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया