‘के थ्री’ ब्याट्री क्षमता बढाएर टाटा नेक्सन नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सनको नयाँ के–थ्री मोडल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ।
नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिल, र मोर्डन ड्यासबोर्ड रहेको छ। यसमा ३६० डिग्री क्यामरा सुविधा पनि समावेश गरिएको छ।
नेक्सन के–थ्रीमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो मोडललाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिनेछ। कम्पनीले यसमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिएको छ।
नेक्सन के–थ्री ईभीले भारत एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। सुरक्षाका दृष्टिकोणले यो मोडल उत्कृष्ट मानिएको छ। साथै, १९० एमएम ग्राउन्ड क्लियरेन्स र ३५० लिटरको बुट स्पेस यसले प्रयोगकर्ताको आवश्यकता पूरा गर्नेछ।
कम्पनीका अनुसार नेक्सन के–थ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। आजैबाट यसको बुकिङ खुला भएको छ।










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया