शुक्रबार, माघ १६, २०८२

सिभिल मलमा आफ्नै जिउमा एक युवकले लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

मेरोन्यूज २०७९ माघ ५ गते १४:०६

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अन्दाजी २९–३० वर्षका विशाल लामिछाने गुरुङले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन् । यधपी उनले किन के कारणले आगो लगाएर आत्मदाह गर्ने कोसिस गरे भन्ने खुलेको छैन ।

घटना आज दिउँसो ११ः ४० बजेको हो ।

घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई उनको शरीरको आगो निभाएर उपचारका लागि अस्पतालमा लगिएको छ । उनको अहिले राट्रिय ट्रमा सेन्टरमा उपचार सुरु गरिएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया