शुक्रबार, माघ १६, २०८२

हत्या गरेको अभियोगमा पुरुष पक्राउ

मेरोन्यूज २०७९ माघ ५ गते १७:०१

सुनसरी । जिल्लाको धरान उपमहानगर ५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय विकास भन्ने हर्क बहादुर राई रहेका छन् । राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया मञ्जु भनिने गोमा खड्का राईमाथि समेत टाउकोमा खुकुरी प्रहार हुँदा घाइते भएकी छन् । उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया