शुक्रबार, माघ १६, २०८२

खोटाङमा चोरीमा संलग्न तीन पक्राउ

मेरोन्यूज २०७९ माघ ५ गते १९:२३

खोटाङ । जिल्लामा चोरी गर्ने तीन पक्राउ परेका छन् । दुई घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका धनमाल चोरीमा संलग्नहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका १९ वर्षीय कृष्ण बिक, ३९ वर्षीय पर्शुराम बिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर बिक रहेका छन् ।

अभियुक्तहरूमाथि गत मंसिर १३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका देवराज घिमिरेको नगद, सुन, पुराना पैसा, लत्ता कपडालगायत पाँच लाख ७१ हजार बराबरको धनमाल तथा मंसिर २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शान्ता राईको सुन, चाँदी, पुराना सिक्का गरी तीन लाख ७२ हजार बराबरको धनमाल चोरी गरेको अभियोग छ ।

घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका अधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  खोटाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक पर्शुराम राईले जानकारी दिए । 

शंकित मानिएका कृष्णलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि क्रमशः इन्द्र र पर्शुरामको संलग्नता खुलेको हो । गत पुस २९ गते इन्द्रको घर खानतलासी गर्दा चोरी भएकामध्ये सिक्का, लत्ताकपडा, चाँदीका चुरा लगायतका नगद र सामान बरामद भएको थियो ।

अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले प्रेस विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया