जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ ।
जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दबाब परेको छ । खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर ब्याङ्क अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ ।
केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ । शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ । बजार मूल्य लगातार नवौंँ महिनामा बढेको छ जुन केन्द्रीय ब्याङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्य वृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया