शुक्रबार, माघ १६, २०८२

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

मेरोन्यूज २०७९ माघ ६ गते १९:५५

काठमाडौँ । दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

तर, प्रहरी जवान कार्की र बलात्कृत महिलाबीच सम्बन्ध रहँदै आएको र होटलको रजिष्ट्रेशनमा श्रीमान र श्रीमतीका रुपमा देखिएको जनाइएको छ ।

प्रतिक्रिया