जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ

जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ ।
प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि नरोकी अगाडि बढ्न खोजेपछि खोजतलास गर्दा अवैध आप्रवासी पक्राउ परेको बताएका छन् ।
मिनीबसमा रहेका २० मध्ये १३ जना आप्रवासी पक्राउ परेका छन् अन्य सात जना भागेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आप्रवासी मलावियाको सिमाना हुँदै जाम्बिया प्रवेश गरेको देखाएको छ ।
जाम्बियाले हालैका महिनामा दक्षिणी अफ्रिकी क्षेत्रका अन्य देशमा प्रवेश बिन्दुको रूपमा देश प्रयोग हुँदै गरेको र अवैध आप्रवासीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
गत महिना २७ जना अवैध आप्रवासीको शव लुसाकाको बाहिरी इलाकामा फ्याँकिएको अवस्थामा भेटिएको थियो । उनीहरू ट्रकमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया