सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
इटहरीको जनता पार्कमा शनिवार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । सुदूरपश्चिम ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो ।
पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश एकले तीन लाख रुपैयाँ पुरस्कार पायो ।
प्रदेश १ ले प्रश्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रन जोड्न सफल भएका थिए ।
बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो ।
प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन् । ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन् । यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् ।
प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।
सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर प्लेयर अफ दि सिरिज घोषित भइन् भने उत्कृष्ट ब्याटर समेत चुनिइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार प्रात गरिन् । यस्तै उत्कृष्ट बलर मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित भइन् ।
















श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया