उपप्रधानमन्त्री लिङ्देनबाट ८३ औँ पटक रक्तदान
काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३ औँ पटक रक्तदान गरेका हुन् ।
राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गरे । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उनको भनाइ थियो ।
युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२ औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरे ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया