उपप्रधानमन्त्री लिङ्देनबाट ८३ औँ पटक रक्तदान
काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३ औँ पटक रक्तदान गरेका हुन् ।
राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गरे । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उनको भनाइ थियो ।
युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२ औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरे ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया